किङ्स कप भेट्रान्स भलिबलको आयव्यय सार्वजनिक, करिब ४ लाख बचत

एफिएफ भेट्रान्स च्याम्पियन बनेको थियो

पाेखरा | असार ५, २०८१

किङ्स कप भेट्रान्स भलिबलको आयव्यय सार्वजनिक, करिब ४ लाख बचत

कास्की:   पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।

 

पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा गत १८ र १९ गते सञ्चालन भएको सो प्रतियोगिताबाट कुल ३  लाख ८९ लाख ३० रुपैयाँ बचत भएको क्लबका  सचिव अशोक थापाले जानकारी दिए । 

 

उनका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख ८ हजार २ सय ५१ रुपैयाँ आम्दानी भएको थियो भने २ लाख १९ हजार २ सय २१ रुपैयाँ खर्च भएको थियो ।

 

उनले आम्दानीतर्फ टिम दर्ताबाट रु ५५ हजार, संस्थागत सहयोगत पुरस्कारका लागि रु ६० हजार र विदेशबाट रु ४ लाख ९३ हजार  २ सय ५१ रुपैयाँ संकलन भएको बताए । 

 

यस्तै खर्चतर्फ पुरस्कारका लागि रु ६५ हजार, कलाकारका लागि रु ५ हजार, सम्मानपत्रका लागि १२ हजार १ सय ६५ रुपैयाँ, खेलकुद समाग्री, ट्रफि, तथा ग्राउण्ड व्यवस्थापनका लागि १५ हजार, अफिसियलका लागि १९ हजार, खाना तथा खाजातर्फ २९ हजार, प्रिन्टिङका लागि ३२ हजार, जर्सी प्रिन्ट ६ हजार ५ सय र विविधतर्फ रु ३४ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको सचिव थापाले जानकारी दिए  ।
 

यो पनि पढ्नुहोस

 

दुइदिनसम्म सञ्चालन भएको भेट्रान्स (३५ प्लस)  प्रतियोगितामा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको थियो । 

 

उपाधिसँगै एफिएफले नगद रु ४० हजार,  र उपविजेता बनेको गलकोटले नगद रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्